चिसो बढे पछि पुनर्वास नगरपालिकाले दियो विद्यालयलाई ४ दिन जाडो बिदा
कञ्चनपुर । केही दिन देखि अत्याधिक बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै कन्चनपुरको पुनर्वास नगरपालिकाले जाडो बिदा दिएको छ। बुधबार पुनर्वास नगरपालिका कार्यालयले सुचना जारी गर्दै नगर भित्रका सम्पुर्ण बिद्यालयहरुलाई चार दिनका लागि जाडो बिदा दिएको हो।
विगत केही दिन देखि शितलहरका कारण अत्यधिक चिसो बढ्न गइ जनजीवन प्रभावित हुन थालेपछि नगरपालिका अन्तरगतका सम्पूर्ण विद्यालयहरुले संचित विदा (जाडो वा वर्षे विदा) बाट कट्टी गर्ने गरी ४दिनका लागि विद्यालयहरुमा जाडो विदा दिइएको पुनर्वास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी दत्त भट्ट ले जानकारी दिनुभयो। आजबाट पुस २८ गतेसम्म बिद्यालय बन्द रहने छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया