डडेलधुराको परशुरामधाममा रुद्राक्षका बिरुवा रोपण
डडेलधुरा । भगवान् विष्णुको छैटौँ अवतार चिरञ्जीवी परशुरामले ध्यान, तपस्या गरेको पवित्र धार्मिक, सांस्कृतिक तथा पर्यटकीय तीर्थस्थल परशुरामधाममा धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपिएको छ । महाकाली नदी किनारको विशाल फाँटमा फैलिएको परशुरामधाममा सुदूरपश्चिम प्रदेशकै धार्मिक बगैँचा बनाउन रुद्राक्षका बिरुवा रोपण गरिएको परशुराम नगरपालिकाका नगरप्रमुख भरतबडायर जोशीले बताउनुभयो ।
पहिलो पटक प्रथम सुदूरपश्चिम मेयर फोरम २०८१ को आयोजना गरेको परशुरामले यस प्रदेशका ८८ वटै स्थानीय तहको एउटा रुद्राक्षको बिरुवा यहाँ रोपिने बताउनुभयो । रुद्राक्ष धार्मिक बिरुवा हो । हिन्दु धर्ममा रुद्राक्षको निकै ठुलो महत्व रहेको छ । रुद्राक्षका दाना उत्पादन गरेर माला बिक्रीबापत यहाँको स्थानीयलाई व्यवसायसँग जोड्न सकिन्छ भन्ने लक्ष्य राखेर रुद्राक्षका बिरुवा रोपण गरिएको उहाँले बताउनुभयो ।
परशुराम नगरपालिकाले परशुरामधाममा आयोजना गरेको मेयर फोरममा मात्रै एक लाख रुपियाँभन्दा बढी मूल्यका रुद्राक्षका माला खरिद गरेको छ । स्वागत सम्मानमा प्रत्येक वर्ष माघी सङ्व्रmान्तिमा पनि रुद्राक्षका माला खरिद गर्दै आइरहेको उहाँको भनाइ छ । परशुरामधाममै रुद्राक्ष उत्पादन गर्न सके वार्षिक रूपमा लाखौँ मूल्यमा रुद्राक्षका मालाको आयात रोक्न सकिने छ । धार्मिक बगैँचा निर्माणले अवलोकनकर्तासमेत बढ्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
परशुरामधाम नेपालका चार वटा धाममध्ये एक धामका रूपमा लिइन्छ । हिमनदी महाकालीको यस क्षेत्रमा स्नान गर्नाले गङ्गा स्नानसमान पुण्य प्राप्त हुने स्कन्द पुराणमा वर्णित छ । यहाँ मकरस्नानको महìव झनै ठुलो मानिन्छ । खासगरी माघेसङ्क्राान्तिको बेला ठुलो मेला लाग्ने परशुरामधाम मन्दिरको विशिष्ट महिमा छ । धाम क्षेत्र करिब ८५ बिघा क्षेत्रफलमा फैलिएको छ । यो परिसरमा परशुरामकी आमा रेणुकाको मन्दिर, धर्मद्वार, सत्ययुगदेखि रहेको बताइने बरपिपलसमेत देख्न पाइन्छ ।
प्रतिक्रिया