नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई सनराइज मिडियाद्वारा सम्मान

  बिहिबार ०४, पुष २०८१ ०७:३७

धनगढी । नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई सनराइज मिडियाले बधाई सहित सम्मान गरेको छ । बुधबार धनगढीको एक होटलमा कार्यक्रमको आयोजना गर्दै सनराइज मिडियाले नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित कार्य समितिलाई बधाई सहित सम्मान गरेको हो । 

नवनिर्वाचित टिमलाई सनराइज मिडियाका अध्यक्ष उत्तम थापाले खादा, माला सहित सम्मानपत्र प्रदान गरेका थिए । नवनिर्वाचित कैलालीको टिम सहित केन्द्रिय परिषद सदस्य दिपक उपाध्याय र लिलाजगं शाहीलाइपनि सम्मान गरिएको थियो । उद्योग बाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन् । 

लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले पत्रकारहरुलाई निश्पक्ष र भयरहित वातावरणमा समाचार सकंलन गर्ने वातावरण बनाउने प्रतिबद्धता ब्यक्त गरे । पत्रकार आचार सहिंताभित्र रहेर समाचार सकंलन र प्रकासन गर्न उनले सबैलाई आग्रह गरे । सोही कार्यक्रमकै अवशरमा जियान होटलले पनि नवनिर्वाचित कार्यसमितिलाई खादा सहित सम्मान गरेको थियो ।


मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा भोजराज रोश्यारा (बिराज), महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए । 

खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

clock बिहिबार ०४, पुष २०८१ ०७:३७

प्रतिक्रिया