धनगढीका मेयर हमाललाई मस्तिष्कघात, दिल्ली लगियो

  शनिबार २२, मङि्सर २०८१ १८:५१

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार सम्भव नभए आज उनलाई दिल्ली रेफर गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. मोहन साउदले मेयर हमाललाई मस्तिष्कको पक्षघातको समस्या देखिएको बताउनुभयो । उक्त रोगको उपचार यहाँ सम्भव नभएपछि हमाललाई दिल्ली रेफर गरिएको उनले जानकारी दिए । यद्यपि मेयर हमालको अवस्था खतरामुक्त रहेको डाक्टर साउदको भनाइ छ ।

मेयर हमाललाई शनिबार  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भेटेर स्वास्थ लाभको कामना गर्नु भएको छ । उहाँलाई भेट्न प्रदेश सभा सदस्य धर्मराज पाठक र एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना लगायतका नेताहरू पनि मन्त्रीसँगै अस्पताल पुग्नु भएको थियो ।

clock शनिबार २२, मङि्सर २०८१ १८:५१

प्रतिक्रिया