डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  शुक्रबार २५, असोज २०८१ १४:११

डोटी । डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको जोरायल गाउँपालिका–४ नकु नजिकै गणेशाल टोलको माथिल्लो मोडमा भिरबाट लडेर महिलाको मृत्यु भएको हो। 

कैलालीको चौमालाबाट जोरायल गाउँपालिका–४ थलीस्थित घरमा दशै मनाउन आउने क्रममा लडेर शुक्रबार बिहान ३७ वर्षीया भावना पुन मगरको मृत्युु भएको हो।

घटनास्थलमा प्रहरी खटिएकाले थप विवरण आउन बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज प्रहरी निरीक्षक खेमबिक्रम केसीको कमाण्डमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।

clock शुक्रबार २५, असोज २०८१ १४:११

प्रतिक्रिया