अत्तरियामा ७ करोड बढीको लगानीमा सत्कार होटलको तेस्रो शाखा सञ्चालनमा

  मङ्गलबार २२, असोज २०८१ १२:०४

धनगढी । कैलालीको अत्तरियामा रहेको सत्कार होटल एण्ड लजको तेस्रो शाखा सञ्चालनमा आएको छ । करिब ७ करोड बढीको लागतमा होटल व्यवसायी संघकी केन्द्रिय उपाध्यक्ष धना चोखालले आफ्नै भवनबाट नयाँ व्यवस्थापनका साथ शाखा सञ्चालनमा ल्याएकी हुन ।

यसअघि सत्कार कै दुई ओटा शाखाहरु सञ्चालन गरिसकेकी चोखालले ग्राहकहरुको माग र सुविधालाई मध्यनजर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताएकी छन । उक्त शाखाको सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

अत्तरिया बसपार्क नजिकै रहेका सत्कारका दुई ओटा शाखाहरु यथावत सञ्चालनमा रहेका बेला चोखालले पुनः विभिन्न सेवासुविधाहरु सहितको शाखा सञ्चालनमा ल्याएको बताएकी हुन । २०६३ सालदेखी होटल व्यवसाय सुरु गरेकी चोखालले ग्राहकहरुले आफुले चाहेका परिकार अत्तरिया बजारमा नभेटिएर बाहिर जानुपर्ने बाध्यतालाइ मध्यनजर गरी त्यस्ता परिकारहरु समेत नयाँ शाखाबाट प्रदान गरिने बताईन ।

‘लोकल कुखुराका विभिन्न आईटमहरु नपाईने हुनाले यताबाट धनगढी लगायतका अन्य स्थानमा गएर खाने ग्राहक धेरै छन’ उनले भनिन् ‘त्यस्ता ग्राहकहरुलाई अत्तरिया क्षेत्रमै रोक्नका लागि मैले प्रयास गरेकी छु, अन्य स्थानमा पाईने लोकल कुखुराका विभिन्न परिकारहरु यहाँबाट दिने लक्ष्य छ ।’

करिब १८ वर्षको लामो अनुभवले आफुलाई अत्तरिया क्षेत्रका होटलहरुका कमीकमजोरीहरुका बारेमा जानकार गरेको उनले बताईन । उनले त्यस्ता कमिकमजोरीहरु पुर्ति गर्नका लागि नै सत्कारको नयाँ शाखा सञ्चालनमा आएको बताईन । उनका अनुसार उक्त होटलमा ग्राहकहरुले खोजे अनुसारका लोकल चिकनका परिकार, छोईला सादेँको, टिमुर सादेँको चिकेन, नेवारी खाजा सेट, ईन्डियन करी डिस, तावा चपाती, बिरियानी, मोर्निङ ब्रेकफास्ट लगायतका खाजा तथा खानाका परिकारहरु पाईनेछन ।

होटलमा एसी, डिलक्ससहितका १२ कोठाहरु तथा अन्डरग्राउण्ड पार्किङको व्यवस्था रहेको छ । करिब एक सय जना अट्न सक्ने मिटिङ हल को भने निर्माण कार्य जारी रहेको चोखालले बताईन ।

होटलको उद्घाटन कार्यक्रममा, होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पान्डे, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गोकर्ण भट्ट, गोदावरी नगरपालिका नगर प्रबक्ता तथा गोदावरी नगरपालिका– १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा नं. ४ का वडाध्यक्ष हेम प्रकाश मल्ल, वडा नं. ७ कि वडाध्यक्ष कलावती साउँद, नेपाल बैंक लिमिटेड अत्तरिया शाखाका प्रमुख हरिष बडु, अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिँह बोहरा, महासचिव शंकर खड्का, चेम्बर अफ कमर्स गोदावरीका अध्यक्ष मोहम्मद नइमुद्दिन भाट, गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामी, ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी गंगा बहादुर थापा, महिला तथा बालबालिका सेफ हाउसकि अध्यक्ष जानकि मलासी, होटल व्यवसायी संघ कैलालीका महासचिव आभिष कुमार चन्द लगायतका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

clock मङ्गलबार २२, असोज २०८१ १२:०४

प्रतिक्रिया