दशैंका लागि आजदेखि बसको अग्रिम टिकट खुला, अनलाइनबाटै बुक गर्न सकिने

  शनिबार १२, असोज २०८१ ०८:३९

काठमाडौं । दशैं-तिहारका लागि अग्रिम बस टिकट बुकिङ खुला भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलेले शनिवारदेखि लामो दूरीका यातायातमा अग्रिम टिकट खुलाएको हो ।

बिहानैदेखि काठमाडौंको नयाँ बसपार्क लगायत विभिन्न ठाउँमा रहेका टिकट काउन्टरमा यात्रुहरू वर्षाको प्रवाह नगरी टिकट काट्न लाइन लागेका छन् ।

महासङ्घले भने सकेसम्म अनलाइन प्लेटफर्ममार्फत बसको टिकट काट्न सर्वसाधारणलाई आग्रह गरेको छ । महासङ्घका अनुसार कुल उपलब्ध सिटमध्ये दुई तिहाइ अनलाइन बुकिङका लागि छुट्याइएको छ भने बाँकी सिट भौतिक काउन्टरबाट वितरण गरिनेछ । 

यसपटक विभिन्न अनलाइन प्लेटफर्ममार्फत टिकट काट्न सकिने व्यवस्था छ । यसमध्ये बससेवा डटकममार्फत ७० भन्दा बढी जिल्लाका विभिन्न गन्तव्यका लागि दैनिक ४० हजारभन्दा बढी टिकट बुकिङ गर्न सकिने उक्त कम्पनीका ​सीईओ पीआर खनालले जानकारी दिए । 

यस वर्ष काउन्टरबाट वितरण गरिने सिटहरूको व्यवस्थापन पनि अनलाइन प्रणालीबाटै गरिने उनले बताए । यसले एउटै सिट दोहोरिने समस्या समाधान गर्ने र सिट अभावको समस्या घटाउने उनको भनाइ छ ।

clock शनिबार १२, असोज २०८१ ०८:३९

प्रतिक्रिया