पुनर्वासमा प्रहरी भ्यान तोडफोड, ईन्स्पेक्टर शाही माथी स्थानीयको आक्रमण

  बिहिबार १०, असोज २०८१ १६:०१

धनगढी । कञ्चनपुरको पुनर्वासमा गस्तीका क्रममा निस्केको नेपाल प्रहरीको भ्यानमाथी आक्रमण भएको छ । बुधबार राती करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाही माथी आक्रमणसँगै भ्यानमा समेत तोडफोड भएको हो ।

चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्धेश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो । गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको बुझिएको छ ।

घटनाका विषयमा ईन्स्पेक्टर शाहीसँग बुझ्दा खडखडे भईरहेको थियो । सम्झाएर नियन्त्रण गर्न खोज्दा आफु माथी २५÷३० जनाको समुहले आक्रमण गरे । आक्रमणबाट मेरो कानमा चोट लागेको छ । अन्य चार जना प्रहरीलाई पनि सामान्य चोट लागेको,भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा समेत क्षति पुगेको जानकारी दिए ।  

आक्रमण पछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि त्यो स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए । आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा सामान्य उपचार भएको थियो । आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ ।

clock बिहिबार १०, असोज २०८१ १६:०१

प्रतिक्रिया