कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु

  मङ्गलबार ०८, असोज २०८१ ०७:५८

धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सोमवार साँझ गौरीगंगा नगरपालिका–९ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको प्रहरीले जनाएको छ। 

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्रसिंह बोहोराले सडकमा बाटो क्रस गर्ने क्रममा बमलाई बसले ठक्कर दिएको जानकारी दिए।

उनको सोमवार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोहोराले बताए। बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

clock मङ्गलबार ०८, असोज २०८१ ०७:५८

प्रतिक्रिया