करेन्ट लागेर एक जनाको मृत्यु

  शनिबार ०५, असोज २०८१ १७:४३

कञ्चनपुर । कञ्चनपुरमा विद्युतीय करेन्ट लागेर एक जनाको मृत्युु भएको छ । वेदकोट नगरपालिका-१ बस्ने ५५ वर्षीय टेक बहादुर मल्लको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

वेदकोट नगरपालिका-१ चम्फापुर राडाहास्थित रूखको हाँगा काट्ने क्रममा हाँगा विजुलीको तारमा खस्न गई तार चुडिँदा करेन्ट लागेर घाइते भएका मल्लको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

clock शनिबार ०५, असोज २०८१ १७:४३

प्रतिक्रिया