केही प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

  शनिबार २९, भदौ २०८१ ०६:४२

काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू(भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । 

clock शनिबार २९, भदौ २०८१ ०६:४२

प्रतिक्रिया