दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

  बिहिबार २७, भदौ २०८१ १६:१४

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका ७ धामीगडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

बिहीबार साढे १२ बजेको समयमा जिप अनियन्त्रित भइ नालीमा खस्दा जिपमा सवार १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक छत्र रावतले जानकारी दिए ।

उनीहरूको जिल्ला अस्पताल दार्चुलामा उपचार भएको छ। सबै यात्रुहरूको उपचारपछि घर फर्किएका दार्चुला प्रहरीले बताएको छ।

clock बिहिबार २७, भदौ २०८१ १६:१४

प्रतिक्रिया