डडेल्धुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

  आइतबार १६, भदौ २०८१ १६:०७

डडेल्धुरा । डडेल्धुराको आलितालबाट भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–६ धिमडास्थित सडकबाट एकनाले भरूवा बन्दुक र सोही बन्दुकमा लाग्ने २ थान सिसाको गोलीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

आलिताल गाउँपालिका–६ फल्ले खर्कका ५१ वर्षीय बिरबहादुर कुँवर र ४३ वर्षीय कर्णबहादुर कुँवर पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट धिमडाबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो। यस विषमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

clock आइतबार १६, भदौ २०८१ १६:०७

प्रतिक्रिया