अछामको तुर्माखाँदमा एक पुरुष मृत फेला

  बिहिबार ०६, भदौ २०८१ ०९:००

अछाम । अछाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। नामरथर नखुलेको अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

अछामको तुर्माखाँद गाउँपालिका–४ जंगलघाट स्थित अछाम र सुर्खेत जोड्ने कर्णाली नदिको झोलुङ्गेपुलदेखि अन्दाजी ५० मिटर तल कर्णाली नदिको किनारमा शव फेला परेको प्रहरीले जनाएको हो।  

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ।

clock बिहिबार ०६, भदौ २०८१ ०९:००

प्रतिक्रिया