कैलालीमा वर्षा सँगै धेरै बस्ती डुवानमा

  बुधबार ०५, भदौ २०८१ ०८:५५

धनगढी । कैलालीमा लगातार भइरहेको वर्षाका कारण धेरै क्षेत्र डुबानमा परेका छन । मंगलबार साँझदेखि भइरहेको वर्षाका कारण विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ भने ठाउँ–ठाउँमा बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ।

कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले प्रायःजसो सबै नदी र खोलामा जल सतह स्तरभन्दा माथि पुगेको बताए। खासगरी कान्द्रा नदी र मोहना नदीमा खतराको सतह पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको बोहोराले बताए।

बिभिन्न ठाउँमा बस्ती जलमग्न र डुबानमा परेका छन्। अहिलेसम्म घोडाघोडी नगरपालिका–९, गौरीगंगा नगरपालिका, गौरीगंगा नगरपालिका–७ र ९ मा गरेर करीब एक दर्जन बढी घर डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

clock बुधबार ०५, भदौ २०८१ ०८:५५

प्रतिक्रिया