कञ्चनपुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

  सोमबार १४, साउन २०८१ ०७:४२

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका–५ गुलरीया नजिकै पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००९प ३७७७ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्री ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको हो।

चौधरी कृष्णपुर नगरपालिका–६ का स्थानीय बासिन्दा हुन्। आइतवार साँझ मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–७ कालियापुर बस्ने ३१ वर्षीय राजकुमार राना गम्भीर घाइते भएका छन्।

उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने पछाडी सवार रानाकी बहिनी २२ वर्षीया सुहता रानालाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

clock सोमबार १४, साउन २०८१ ०७:४२

प्रतिक्रिया