कैलालीमा राष्ट्रिय खेलाडी र उत्कृष्ट विद्यार्थीलाई अनेरास्ववियुको सम्मान

  शनिबार १२, साउन २०८१ २१:११

धनगढी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु कैलालीले जिल्लाका उत्कृष्ट विद्यार्थी र राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।

शनिबार पूर्वमन्त्री एवं एमाले पार्टी केन्द्रिय सचिव लेखराज भट्टको आथित्यतामा एक कार्यक्रमका बिच उनीहरूलाई सम्मान गरिएको हो ।

अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार नेपाललाई विभिन्न खेलमा पदक जिताउने ३ जना राष्ट्रिय खेलाडी र एसईइ परिक्षामा ४ जिपीए ल्याउने ४ जनालाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेमा उत्कृष्ट विद्यार्थी हेमन्त साउद, नितिका अवस्थी, निर्मल ठगुन्ना र विकास रावत रहेका छन् भने खेलाडीहरुमा करातेका मनिसा बोहरा, जनक धामी र उशुकी च्याम्पियन गौरी मगर रहेकी छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पदक दिलाएका थिए । उनीहरू सबै कैलालीकै हुन् ।

clock शनिबार १२, साउन २०८१ २१:११

प्रतिक्रिया