दार्चुलामा बाढी र पहिरोले पसल र घरमा क्षति

  बुधबार ०२, साउन २०८१ १५:२५

दार्चुला । दार्चुलामा बाढी र पहिरोले दुई पसल र एक घरमा क्षति पुर्याएको छ । अपिहिमाल गाउँपालिका–३ भएर बग्ने कटेलीगाड खोलाले कटेलीगाडमा रहेका दुईओटा पसलमा क्षति पुर्याएको हो ।

खोलामा आएको बाढीले स्थानीय अकबरसिँह कार्की र पोखर मन्यालको पसलमा क्षति पु¥याएको शिक्षक केशव बोहराले जानकारी दिएका छन । नदीको कटानले महादेव आधारभूत विद्यालय भवन पनि जोखिममा परेको छ ।

बर्षाका कारण खसेको पहिरोले नौगाड गाउपालिका–२ सुण्डमुण्डुमा स्थानीय जोगा टमटाको घर र गोठ भत्किएको छ । घरमाथिबाट खसेको पहिरोले टमटाको घर र गोठमा क्षति पुर्याएको हो । टमाटाको परिवारलाई डाँडाबाग आधारभूत विद्यालयमा सारिएको छ ।

clock बुधबार ०२, साउन २०८१ १५:२५

प्रतिक्रिया