गेटामा छाडा गोरुसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

  शनिबार २९, असार २०८१ ०८:१३

धनगढी । कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा छाडा चौपाया सँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

शुक्रवार राती ६ लेन सडक अन्तरगत अत्तरिया बाट धनगढी तर्फ जाँदै गरेको मोटरसाइकल छाडा गोरु सँग ठोक्किँदा चालक  धनगढी उपमहानगरपालिका – ४ उत्तरबेहडीका ३५ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको हो ।

सुपप्र ०१–००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा गोरु सँग ठोक्किन गम्भीर घाइते भएका पुनको माया मेट्रो अस्पताल धनगढी उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुर्घटनामा छाडा गोरुको पनि घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

clock शनिबार २९, असार २०८१ ०८:१३

प्रतिक्रिया