पहिरोमा परेर बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनका होटलले निस्शुल्क खाना खुवाउने

  शुक्रबार २८, असार २०८१ १५:११

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निस्शुल्क खाना खुवाउने भएका छन् ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निस्शुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । 

पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खानरबस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निस्शुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

clock शुक्रबार २८, असार २०८१ १५:११

प्रतिक्रिया