दार्चुलामा गोली लागेर एक सिकारीको मृत्यु

  शनिबार ०८, असार २०८१ २१:४६

दार्चुला । जंगलमा सिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। आज (शनिवार) बिहान नौगाड गाउँपालिका–१ नागु लक्सेरीका ५५ वर्षीया धंके डडालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

आज १० बजेतिर सिकारीको भरुवा बन्दुकको गोली लागेर धंकेको टाउकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।

उनका अनुसार लक्सेरी नागु बस्ने अन्दाजी ५३ वर्षका जयसिंह डडालले चलाएको गोली लागेर धंकेको ज्यान गएको हो। गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

स्थानीयका अनुसार धंके सोही वनमा पासा थापिरहेको प्रहरीको भनाइ छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोली खटिएको छ।

clock शनिबार ०८, असार २०८१ २१:४६

प्रतिक्रिया