महाकालीमा डुबेर एक बालिकाको मृत्यु, अर्की बालिका बेपत्ता

  शनिबार ०८, असार २०८१ १७:०६

बैतडी । महाकाली नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएकी छन्।

बैतडीको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँडको नदीमा डुबेर मृत्यु भएको हो। रजनीसँगै नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता भएकी छन्।

शिवनाथ–१ कुस्मतघाटस्थित महाकाली नदीमा आज (शनिवार) बिहान नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएको खबर पाएपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो। अस्मिताको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेले बताए। 
 

clock शनिबार ०८, असार २०८१ १७:०६

प्रतिक्रिया