धनगढीको तारानगरमा चट्याङ, के-कति भयो क्षति ?

  मङ्गलबार ०७, चैत २०७९ १४:५९

धनगढी । धनगढीमा चट्याङ परेको छ। आज धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो।

के के भयो क्षति ?

- दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २।५ फिट प्वाल परेको।
- गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिनमा क्षति।
- सोही ग्यारेजमा पार्किङ्ग गरी राखेको बा०१-०२६च ५१०८ नं को कार पछाडीको सिसा फुटेको अन्य भागमा पनि भएको।
- से६प ७४६६ नं को स्कुटीमा क्षति।
- घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको।

clock मङ्गलबार ०७, चैत २०७९ १४:५९

प्रतिक्रिया