खडेरीका कारण धनगढीमा खानेपानीको अभाव

  मङ्गलबार १५, जेठ २०८१ १५:०४

धनगढी  । लामो समयको खडेरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा खानेपानीको चरम अभाव भएको छ । जमिन मुनि पानीको सतह सुकेपछि वैशाख महिनादेखि खानेपानीको चरम समस्या सुरु भएको हो । तीन महिनादेखि धनगढीका उपभोक्ताले खानेपानीको समस्या झेलिरहेका छन् । धनगढीमा अझै ७० प्रतिशत घर धुरी निकालेको खाने पानी प्रयोग गरी रहेका छन् । 

धनगढी लगायत तराईका जिल्लामा चैत, वैशाख र जेठ महिनामा लामो समयसम्म वर्षा नहुँदा खानेपानीको समस्या उत्पन्न हुने गरेको छ । धनगढी उपमहानगरका १९ वटा वडामा ३२ हजार २ सय ४९ घरधुरी सङ्ख्या रहेको छ ।

उक्त घरमा ४६ हजार ६ सय ७० घरपरिवार बस्दै आएका छन् । ३२ हजार २ सय ४९ मा ९ हजार घरपरिवारमा मात्र धाराको खानेपानीको पहुँच पुगेको खानेपानी वितरण कार्यालय धनगढीका प्रमुख शैलेन्द्र शाहले बताए । उनका अनुसार धनगढीमा अत्यधिक गर्मी बढेपछि खानेपानीको आवश्यकता अनुसार माग पुरा गर्न नसकिएको हो । 

खानेपानीको रिजर्भ ट्याङ्की अहिले थप गरेका छौँ र पनि ट्याङ्मी पानी रिजर्भ रहँदैन, गर्मी धेरै भएकोले पानीको माग धेरै छ खानेपानीकै लाइन वितरण गरिएका केही वडाहरूमा पानी कम वितरण भइरहेको उनले स्विकारे । दिनभरी खानेपानी आउने धारामा समेत आज भोलि एक दुई घण्टा मात्र पानी आउने गरेको उपभोक्ताको भनाइ छ ।

धनगढी उपमहानगरको घरधुरी सङ्ख्याको आधारमा धनगढी उपमहानगरका २३ हजार २ सय ४९ घर परिवार अझै स्वच्छ खानेपानीको पहुँचबाट बाहिर छन् । गाउँतिर समस्या अलि कम भएपनि धनगढी बजार क्षेत्रमा भने खानेपानीको निकै समस्या बढेको छ । खानेपानि धारामा नआउँदा पानी खरिद गरेर खान पाउने विकल्प छैन । विकल्प नहुँदा समस्या अझै बढेको जेठ महिना मा पानी कहिले पर्ला भनेर कुरेर बस्नु पर्ने अवस्था आएको छ ।

टोलमा सार्वजनिक खानेपानीका धारा छैन जमिनको पानी समेत सुके पछि तीन महिनादेखि तराई लगायत धनगढीका बासिन्दाले खानेपानीको चरम समस्या झेल्नुपरेको हो । तराईमा अत्यधिक गर्मीसँगै तातो हावा लु चलेको छ । तापक्रम ४३ डिग्री माथि छ । पानी नहुँदा जनताले थप सास्ती झेल्नु परेको हो । गोरखापत्रबाट

clock मङ्गलबार १५, जेठ २०८१ १५:०४

प्रतिक्रिया