बेलडाँडीमा अचेत अवस्थामा भेटीएका भारतीय नागरिकको मृत्यु

  मङ्गलबार १५, जेठ २०८१ ०८:०२

कन्चनपुर । कन्चनपुरको बेलडाँडीमा वेवारिसे अचेत अवस्थामा फेला परेको एक पुरुषको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका –२, चवन्नी खल्ला नहरको छेउमा सोमबार साझ करिव ८ बजे तिर अचेत वेवारिसे अवस्थामा एक युवालाई गाउँलेहरूले नालिमा पल्टेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

बेलडाँडी चवन्नी बजारमा बिगत २ बर्ष यता देखि वेवारिसे अवस्थामा घुम्ने भारतीय मुलुकका मोदी नामले चिनीने अन्दाजी ३०र३५ वर्षिय युवाको मृत्यु भएको छ । अचेत अवस्थामा फेला परेका उनलाई बेलडाँडी इलाका प्रहरी कार्यालयको टोलिले उद्वार गरि बेलडाँडी स्वास्थ्य केन्द्र पुर्याउदा उनको अवस्था गम्भीर रहेको बेलडाँडी स्वास्थ्य केन्द्रले जनाएको थियो । 

बेलडाँडी स्वास्थ्य कार्यालयमा सामान्य चेकजाँच पछि डक्टर नहुदा हिजो राती नै महाकाली अस्पताल रेफर गरेको थियो । महाकाली प्रादेशिक अस्पतालले उनको राती १० बजे मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा डिएसपी उमेश जोशीले जानकारी दीए ।

उनका अनुसार हिजो राती १० बजे अस्पतालले मृत घोषण गर्यो, अहिले विहान पोस्टमार्टम गरिने र वेवारिसे जनु पालिकामा भेटियो उसै पालिकाले मृतकको दाहसंस्कार गर्ने प्रावधान रहेको छ ।

clock मङ्गलबार १५, जेठ २०८१ ०८:०२

प्रतिक्रिया