कञ्चनपुरमा कपास उद्योगमा आगलागी

  बिहिबार १०, जेठ २०८१ १०:२८

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ विष्णु मन्दिर रोड खैरेनीमा रहेको कपास उद्योगमा आगलागी भएको छ।

भीमदत्त नगरपालिका–६ हल्दुखाल बस्ने जगत सिंह सामन्तले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो।

आगलागी हुँदा सिरक, डस्ना, कम्मल र मेसिन लगायतका समान गरी करीव १ करोड बराबरको धनमाल जलेर नष्ट भएको  सञ्चालक सामन्तले बताए ।

करीव राति १ बजे कपास उद्योगमा सल्कीएको आगो बिहान ५ बजे मात्रै नियन्त्रणमा आएको थियो । 

प्रहरी, स्थानिय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

clock बिहिबार १०, जेठ २०८१ १०:२८

प्रतिक्रिया