चैतको वर्षामा पनि धनगढीका पसल डुवानमा

  मङ्गलबार ०७, चैत २०७९ १४:०६     विश्वास खबर
धनगढीकाे चटकपुरमा डुवानमा परेका पसल

धनगढी । साेमबार रातिदेखिकाे लगातारकाे बर्षाका कारण  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का पसलहरुमा डुवानमा परेका छन ।  सोमबार रातीदेखि परेको वर्षाका कारण धनगढीका  पसलमा डुवान भएको हो ।

पानी निकास नहुँदा चटकपुर स्थित काठमाडौं होटल र मोबाईल पसल डुवान भएको जनाइएको छ । पसलभित्र डुवान भएपछि समस्या भएको स्थानीय शान्ती ज्ञवालीले बताइन् । 

“विहान पसल खोल्दा पुरै जलमग्न भएको थियो” उनले भनिन “पानी निकासको व्यवस्थापन भएमा पसलभित्र पानी पस्थेन ।” चैतको सामान्य वर्षामा पनि पसल डुवानमा पर्नु नाली व्यवस्थापन नभएको उनी बताउँछन् । 

“अहिले त पसल डुवान भएको छ उनले भनिन वर्षातको मौसममा थप डुवान हुने सम्भावना बढेकोले पानी निकासको व्यवस्थापन गर्न जरुरी रहेको छ” उनले भनिन् ।

कैलालीका खोलामा बहाव नबढेपनि धनगढीका विभिन्न स्थानमा बनाइएको भौतिक संरचनाका कारण केही स्थानमा डुवान भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा बिहानको ८ बजेसम्म ४८ दशमलब सात मिलिलिटर वर्षा भएको छ । धनगढीमा दिउसो पनि वर्षा जारी रहेको छ । 

देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ । विहानको ८ बजेसम्म सबैभन्दा बढी वर्षा धनगढीमै भएको छ ।

महाशाखाका अनुसार डडेल्धुरामा १९ मिलिलिटर र डोटीमा नौ मिलिलिटर वर्षा भएको थियो ।

clock मङ्गलबार ०७, चैत २०७९ १४:०६     विश्वास खबर

प्रतिक्रिया