सुशासन, दिगो विकास र समृद्ध सुदूपश्चिम विषयक प्रादेशिक सम्मेलन सम्पन्न

  बुधबार २८, चैत २०८० १८:०१

धनगढी । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालामा सुशासन, दिगो विकास र समृद्ध सुदूरपश्चिम विषयक प्रादेशिक सम्मेलन २०८० सम्पन्न भएको छ।

चैतन्य एकेडेमीले नयाँवानेश्वर काठमाडौँबाट लामो समयदेखि सुशासन, दिगो विकास र समृद्धीलाई केन्द्रमा राखेर राष्ट्रिय स्तरको सेमिनारको आयोजना हरेक वर्ष गर्दै आएको छ। यो ११औं शृङ्खला स्वरूप निजी क्षेत्रबाट थालनी गरिएको एउटा अभियान हो।

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले सत्ता सञ्चालन गर्ने राजनीतिक नेतृत्व इमानदार नभएसम्म मुलुकको विकास हुन नसक्ने बताए्। स्वतन्त्र निर्वाचित नगर प्रमुख हमालले राजनीतिक नेतृत्व इमानदार नहुँदा मुलुकमा भ्रष्टाचार र अनियमितता बढेको बताए। हमालले उपभोक्ता समिति भ्रष्टाचार सिकाउने अखडा बनेको समेत बताए।

सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिस्ट्रार प्राध्यापक डाक्टर हेमराज पन्तले मुलुकमा संघीयता आए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए। रोजगारीका लागि भारत जानुपर्ने बाध्यता यहाँ अहिले पनि उस्तै रहेको उनले बताए।

त्यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डाक्टर हरि लम्सालले सुशासन अपूर्ण छ, राज्यका हरेक निकायले यस्ता बहसका कार्यक्रम गर्नु पर्ने हो तर गरेको छैन्, उनले गुनासो गरे। 

उक्त सम्मेलनमा लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनाली, सुदूरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशी, धर्मराज पाठक, मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, सुदूरपश्चिम प्रदेशका प्रमुख, समाजिक अभियान्ता लगायत राजनीतिक क्षेत्रका व्यक्तिहरू प्रमुख वक्ताका रूपमा रहेका थिए।

clock बुधबार २८, चैत २०८० १८:०१

प्रतिक्रिया