अत्तरियामा क्रेनको ठक्करबाट युवती घाइते

  बुधबार २३, फागुन २०८० १९:५५

अत्तरिया । कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छिन ।

घाइते युवती गोदावरी नगरपालिका – २ की अमृता मल्ल रहेको प्रहरीले जनाएको छ ।

क्रेनको ठक्करबाट गम्भिर घाइते मल्लको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।  लु १ क ३७०२ नम्बरको क्रेनले युवतीलाई ठक्कर दिएको थियो ।

clock बुधबार २३, फागुन २०८० १९:५५

प्रतिक्रिया