कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  बुधबार २३, फागुन २०८० ०९:३५

 

धनगढी । कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका– ३ सामादैजीमा भएको दुर्घटनामा पुरन रानाको मृत्यु भएको हो।

पश्चिमबाट पूर्व आउदै गरेको भे १ क २११४ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै गरेको म २ प ८५८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–९ पिपरीयाका २५ वर्षीय रानाको मङ्गलवार साँझ मृत्यु भएको हो। उनको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।

ट्रकसहित चालक बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० का २८ वर्षीय मीनबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विषयमा कञ्चनपुर प्रहरीले थप अनुसन्धान गर्दैछ।

clock बुधबार २३, फागुन २०८० ०९:३५

प्रतिक्रिया