बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

  मङ्गलबार २२, फागुन २०८० १७:०५

बझाङ । बझाङमा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । तलकोट गाउँपालिका-१ गोठीचोरका २४ वर्षीय विकास ऐडीको भिरबाट लडेर मृत्यु भएको हो ।

उनको लामापैरा भन्ने ठाउँमा निङ्गाला काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । 

हिजो निङ्गाला काट्ने क्रममा लडेका उनी आज बिहान मृत फेला परेका प्रहरीले बताएको छ ।

clock मङ्गलबार २२, फागुन २०८० १७:०५

प्रतिक्रिया