मध्य तथा पश्चिमी भेगमा वर्षा जारी, उच्च भेगमा हिमपात

  सोमबार २१, फागुन २०८० ०६:४२

काठमाडौ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा आज पनि बर्षा जारी छ । बाँकी प्रदेशका केही स्थानमा हल्का बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना छ । अहिले देशभर सामान्य बदली भइ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको महाशाखाले जनाएको छ ।


आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ । 

clock सोमबार २१, फागुन २०८० ०६:४२

प्रतिक्रिया