धनगढीको एक बालक बेपत्ता

  सोमबार ०७, फागुन २०८० १२:४४

धनगढी । कैलालीको धनगढीका एक बालक बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका-५ मटियारी बस्ने पन्चोदय स्कुल मा कक्षा ७ मा अध्यनरत १३ वर्षीय रमित कठायत बिहीवार (३ गते) बाट बेपत्ता भएका हुन्।

३ गते बेलुका ४ बजेको समयमा कसैलाई नसोधी घर बाट निस्केको र अहिलेसम्म सम्पर्कमा नआएको पारिवारीक स्रोतले जनाएको छ। 

बालकलाई कसैले देखे वा फेला पारेमा सम्पर्क नम्बर ९८५८७८४८१८ र ९८६८४४२८१६ मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। 

clock सोमबार ०७, फागुन २०८० १२:४४

प्रतिक्रिया