कैलालीको मोहन्याल  गाउँपालिकाले ‘जनयुद्ध दिवस’ मा स्थानीय बिदा दिने

  सोमबार २९, माघ २०८० २१:००

धनगढी । कैलालीको मोहन्याल  गाउँपालिकाले ‘जनयुद्ध दिवस’ को दिन स्थानीय बिदा दिने भएको छ।

सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’मा बिदा दिने सरकारको निर्णय खारेज गर्दा पनि कैलालीको मोहन्याल गाउँपालिकाले भने दिवसको अवसरमा स्थानीय बिदा दिएको छ।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका भित्रका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा स्थानीय बिदा दिएको उल्लेख गरेका छन्। 

साथै उक्त दिन सहिद बेपत्ता र घाइते भएका व्यक्तिहरू तथा आफन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जनाएका छन्। उपाध्याय माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्।

clock सोमबार २९, माघ २०८० २१:००

प्रतिक्रिया