बझाङको थलारा गाउँपालिकामा बाघले ११ बाख्रा मार्‍यो

  आइतबार २१, माघ २०८० ०९:३४

धनगढी । बझाङमा बाघले ११ बाख्रा मारेको छ। जिल्लाको थलारा गाउँपालिका वडा नम्बर २ कफलकाडाका वडाध्यक्ष रवेन्द्र खातीका बाख्रा बाघले मारेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीले वडाध्यक्षका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा बाघले मारेको बताएको छ।

शनिवार १८ वटा बाख्रालाई बाघले आक्रमण गरेको थियो। एक बोका, ६ बाख्रा, ३ खसी र २ पाठासहित ११ वटा बाघले मागरेको हो। 

उनका ६ वटा बाख्रा मात्र सकुशल रहेका छन्। अस्थायी प्रहरी पोस्ट बगडाको टोली घटनास्थल गएको प्रदेश प्रहरीले बताएको छ।

clock आइतबार २१, माघ २०८० ०९:३४

प्रतिक्रिया