नक्कली टीकट प्रकरणः चार जना पुगे प्रहरी हिरासतमा

  शुक्रबार १९, माघ २०८० २०:५१

धनगढी । कैलालीको अत्तरियामा नक्कली टीकट प्रकरणमा जोडिएका दिलिपकुमार साउँद र भुवन महरा प्रहरी हिरासतमा पुगेका छन्। साथै शंकर खड्का र बमबहादुर बोगटीलाई पनि प्रहरी हिरासतमा राखिएको छ। 

चार जना विरुद्ध अत्तरिया उद्योग वाणिज्य संघले नक्कली टीकट ठेली प्रकरणमा कैलाली प्रहरीमा किटानी जाहेरी दर्ता गराएको थियो। किटानी जाहेरीपछि साउँद, महरा, खड्का र बोगटीका नाममा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) देबेन्द्रबहादुर पालले नक्कली टीकट प्रकरणमा साउँद, महरा, बोहरा र खड्का प्रहरी हिरासतमा छन्। खड्का अत्तरिया उद्योग वाणिज्य संघका महासचिव हुन् भने बमबहादुर बोगटी कार्यसमिति सदस्य। चारै जनाको नाममा उद्योग वाणिज्य संघका अध्यक्ष कल्याणसिंह बोहरासहितको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका थिए।

त्यस्तै, दिलिपकुमार साउँद (दिपिन) अत्तरिया उद्योग वाणिज्य संघका सचिव हुन्। कैलाली प्रहरीमा भने ६ जनाको नाममा जाहेरी परेको अत्तरिया उद्योग वाणिज्य संघले बताएको छ। साथै नक्कली टीकट प्रकरणमा जोडिएपछि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टका स्वकीय सचिव दिपिन साउँदलाई पदबाट निलम्बन गरिएको छ। अत्तरियामा लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट बिक्री गरेको आरोप लागेपछि उनलाई पदबाट निलम्बन गरिएको हो।

प्रहरी छानबिनमा समस्या नहोस् भनेर तत्कालका लागि उनलाई निलम्बन गरिएको हो। टिकट व्यवस्थापनको जिम्मा पाएका दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरा छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा छन्। पुष २६ गतेदेखि सुरु भएको महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो।

clock शुक्रबार १९, माघ २०८० २०:५१

प्रतिक्रिया