धनगढीका १९ सडकको बहुवर्षीय ठेक्का, कुन – कुन परे ?

  बिहिबार १८, माघ २०८० १५:३०

धनगढी ।  धनगढीका १९ सडक निर्माणको लागि ठेक्का भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ वटा प्याकेजमा ती सडकहरूको निर्माण कार्य सुरु हुने गरी ठेक्का आह्वान गरेको  छ ।

यस वर्ष ६१ करोड विनियोजन गरेर बहुवर्षिय आयोजनाका रूपमा अगाडी बढाइएको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाका राजनैतिक सल्लाहकार नृप सुनारले जानकारी दिए ।

रणनीतिक महत्वको सडक निर्माण पछि धनगढीको मुहार फेरिने उनले बताए । ‘यसमा निकै पुराना सडकहरू पनि छन् अहिले सम्म तीनै तहको सरकारले नबनाएर अलपत्र अवस्थामा रहेको सडकहरू पनि अब दुवै तिर नाली सहित राम्रो बन्छ’ उनले भने ‘यो सडक निर्माण पछि धनगढी अझै भव्य र व्यवस्थित हुन्छ ।’

बहुवर्षिय आयोजनाका रूपमा ठेक्का लागेका सडकले मुख्य सडक, भित्री सडक र हुलाकी मार्ग र रिङ रोड पनि छुने हुँदा आवागमनमा निकै सहज हुने र व्यवस्थित धनगढी हुने उनले बताए ।

 

प्याकेज १

(१) धनगढी उपमहानगरपालिका वडा न ४ रातोपुल, टेम्पल रिसोर्ट, शिवपुरी, तुल्सीचोक हुदै भगवती टोल सम्मको सडक ।

(२) धनगढी उपमहानगरपालिका वडा न ३ वाणिज्य बैक, विशालनगर, जनता आधारभूत विद्यालय, विरेन्द्र चोक हुदै रिङ्गरोड जोडने सडक ।

(३( धनगढी उपमहानगरपालिका वडा न २ मेनरोड रुवस होटल हुदै बैयावेहडी सडक ।

(४) धनगढी उपमहानगरपालिका वडा न ३ नेशनल मार्ग सडक ।

(५) धनगढी उपमहानगरपालिका वडा न २ पुरानो भन्सार रोड सडक ।

प्याकेज २

(१) धनगढी उपमहानगरपालिका वडा न ८ देखि १२ न वडा सम्मको धनगढी गाउँ जुगेडा सडक कालोपत्र ।

(२) धनगढी उपमहानगरपालिका वडा न ८ पुष्पलाल चोक देखि धनगढी गाउँ सम्मकोे सडक ।

(३) धनगढी उपमहानगरपालिका वडा न ७ कैलाली बहुमुखी क्यामपस देखि जाखोरताल सम्मको सडक ।

(४) धनगढी उपमहानगरपालिका वडा न १ त्रिवेणी सडक ।

प्याकेज ३

(१) धनगढी उपमहानगरपालिका वडा न ५ नैनादेवि पुरानो हसनपुर सडक ।

(२) धनगढी उपमहानगरपालिका वडा न ५ र ३ जोडने सामुदायिक प्रहरी पिपल चौतारा देखि वोराडाँडी हुदै फाप्ला रिङ्गरोड सम्मको सडक ।

(३) धनगढी उपमहानगरपालिका वडा न।१३ मैदामिल देखि हिमाली टोल, कैलाली गाउँ प्रहरी पोष्ट हुदै ढुंगेबजार सम्मको सडक ।

(४) धनगढी उपमहानगरपालिका वडा न १३ राजपुर चोक देखि पुर्व वडा कार्यालय जाने सडक ।

प्याकेज ४

(१) धनगढी उपमहानगरपालिका वडा न ११ वहिरा स्कुल देखि दक्षिणकाली टोल जाने सडक ।

(२) धनगढी उपमहानगरपालिका वडा न ४ गठवन्धन चोक देखि शिवपुरीधाम सम्मको सडक कालोपत्रे ।

प्याकेज ५

(१) धनगढी उपमहानगरपालिका वडा न ६ मल्लो मटयारी ढुंगेवजार पश्चिम चोक देखि उत्तरकृष्णटोल र एक्ताटोल हुदै लक्ष्मीनगर जानेबाटो कल्भर्ट र नाली निर्माण सडक ।

(२) धनगढी उपमहानगरपालिका वडा न ४ शहिदगेट, शिवपुरी, न्यूरोड सडक खण्डदेखि कैलालीचोक सम्म सडक कालोपत्रे ।

प्याकेज ६

(१) धनगढी उपमहानगरपालिका वडा न २ खप्तड वडीमालिका टोल सडक ।

(२) धनगढी उपमहानगरपालिका वडा न २ नन्दलाल पन्तको घर देखि पुर्व भरत जोशीको घर सम्म पक्कीनाला सहित ढल निकास ।

clock बिहिबार १८, माघ २०८० १५:३०

प्रतिक्रिया