तराईमा हुस्सु हट्दै , पहाडी क्षेत्रमा वर्षाको सम्भावना

  बुधबार १७, माघ २०८० ०६:२३

धनगढी । देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भेगको मौसम समान्यत सफा रहने छ ।

दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थान र पहाडी भू–भागका एक–दूई स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ ।

लुम्बिनी र बागमती प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका साथै कोशी प्रदेशका केही स्थानमा हुस्सु लागेको छ । तरार्ईका कतिपय स्थानमा भने हुस्सु हट्दै गएको छ ।

clock बुधबार १७, माघ २०८० ०६:२३

प्रतिक्रिया