आज नेपाल नर्सिङ दिवस मनाइँदै

  सोमबार १५, माघ २०८० १०:३४

धनगढी । आज नर्सिङ दिवस । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाइँदै आइएको छ ।

आजको दिन यो क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले कार्यक्रम गर्दै आएका छन् । नेपालमा नर्सिङ्ग पेसा व्यावसायिक बन्न सकिरहेको छैन । 

साथै नर्सहरु न्यून तलबमा काम गरिरहेका छन् । नेपालमा बर्सेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन सकेको छैन ।

clock सोमबार १५, माघ २०८० १०:३४

प्रतिक्रिया