माया मेट्रो हस्पिटलका मेडिकल डाइरेक्टर सहित तीन जना डाक्टर सम्मानित

  बुधबार १०, माघ २०८० ०७:३८

धनगढी । धनगढी उपमहानगरपालिका ०३ चटकपुरमा रहेको माया मेट्रो अस्पतालका तीन जना डाक्टर सम्मानित भएका छन् । 

कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीले २३औँ स्थापना दिवसको अवसरमा माया मेट्रो हस्पिटलका मेडिकल डाइरेक्टर वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डा.मोहन साँउद सहिद तीन जनालाई सम्मानित गरेको हो । 

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको य‍ोगदानको कदर गर्दै मेडिकल डाइरेक्टर साँउद सहिद मेडिकल अधिकृत डा. अदिती जोशी र डा. आयुसमा ओझालाई सम्मानित गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनी पति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले तीनै जनालाई कदरपत्रले सम्मानित गरेका हुन् ।

No description available.

No description available.

clock बुधबार १०, माघ २०८० ०७:३८

प्रतिक्रिया