रामबहादुर बम्जनको घरबाट  तीन करोड ३० लाख बदामद

  बुधबार २५, पुष २०८० १०:२७

काठमाडौं । मंगलबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट करोडौं नेपाली रूपैयाँ फेला पारेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसार बरामद भएको अहिलेसम्म तीन करोड ३० लाख नेपाली रूपैयाँ गनेर सकिएको हो ।

अझै विदेशी पैसा गन्न बाँकी रहेको छ । बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा मंगलबार साँझ सिआइबीको टोली छापा हानेको थियो । साथै उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद गरिएको सिआइबीले जनाएको छ ।

पक्राउ परेका बम्जनलाई महाराजगञ्जस्थित ब्यूरोको कार्यालयमा राखिएको छ । उनीविरुद्ध सिन्धुपाल्चोक र मकवानपुरमा मान्छे बेपत्ता बनाएको मुद्दा छ भने सर्लाहीमा बाल यौन दुराचारको मुद्दा छ। 

आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो । बम्जनलाई आज पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

सम्बन्धित शिर्सक
clock बुधबार २५, पुष २०८० १०:२७

प्रतिक्रिया