सिआइबीको हिरासतमा रामबहादुर बम्जन

  बुधबार २५, पुष २०८० ०५:३८

काठमाडौं । विवादास्पद तपस्वी रामबहादुर बम्जन अन्ततः पक्राउ परेका छन् । बुढानिलकण्ठबाट केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

उनी विगत पाँच वर्षदेखि फरार थिए । उनीविरुद्ध बलात्कार तथा व्यक्ति बेपत्ता बनाएका उजुरी प्रहरीमा छन् । सिआइबीले उनलाई घरबाटै पक्राउ गर्न सफल भएको हो । बुढानिलकण्ठमा घर किनेर उनी गोप्य रुपमा बस्दै आएका थिए ।

उनलाई सिआइबीको हिरासतमा राखिएको छ । सर्लाही, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली लगायत जिल्लामा उनीविरुद्ध बलात्कार, यौन दुव्र्यवहार लगायतका उजुरी छानबिनका क्रममा छन् ।

clock बुधबार २५, पुष २०८० ०५:३८

प्रतिक्रिया