अछाममा जुवा खालबाट ६ जना पक्राउ

  शुक्रबार १३, पुष २०८० ०९:१८

अछाम । अछाममा जुवा खेलिरहेका ६ जना पक्राउ परेका छन्। बिहिवार जिल्लाको मंगलसेन नगरपालिका–५ स्थित दर्शन एण्ड वसन्त लजमा जुवातास खेलिरहेका ६ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा रामारोशन गाउँपालिका–१ का लज सञ्चालक बमबहादुर साउँद, मंगलसेन नगरपालिका–५ का लक्ष्मण भाट, वडा नम्बर–६ का भवानीप्रसाद भण्डारी, ७ का खेमराज ढुंगाना, कमलबजार नगरपालिका–६ का प्रकाश शाही र डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का तिर्थराज भट्ट रहेका छन्।

उनीहरुलाई दुई गड्डी तास र १२ हजार ३२५ रुपैयाँसहित बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

clock शुक्रबार १३, पुष २०८० ०९:१८

प्रतिक्रिया