डडेल्धुरा जीप दुर्घटना हुँदा ओलीको मृत्यु

  बुधबार ०४, पुष २०८० १९:२८

डडेल्धुरा । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने दानबहादुर ओलीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका नवदुर्गा गाउँपालिका ९ बस्ने दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने दीपेन्द्र बोहराको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

जिल्लाको भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१च१८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो ।

clock बुधबार ०४, पुष २०८० १९:२८

प्रतिक्रिया