तीन प्रदेशको मौसम आंशिक बदली हुने, तराईमा हुस्सु र कुहिरो

  शुक्रबार २९, मङि्सर २०८० ०७:०२

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चिसोबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ ।

clock शुक्रबार २९, मङि्सर २०८० ०७:०२

प्रतिक्रिया