धनगढी जेसिजको अध्यक्षमा सिंह निर्वाचित

  आइतबार २४, मङि्सर २०८० ०८:१०

धनगढी । धनगढी जेसिज २०२४ को अध्यक्षमा अरुण सिंह निर्वाचित भएका छन् ।

शनिबार भएको ४१ औ अधिवेशनमा सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका हुन् ।

जेसिजको कार्यकारी उपाध्यक्षमा आशिस सिंह र तर्कराज भट्ट, महासचिवमा हरि प्रसाद जोशी र कोषाध्यक्षमा गिरिराज भण्डारी चयन भएका छन् ।

यस्तै अधिवेशनले चन्द्रकान्त पनेरुलाई कानुनी सल्लाहकारमा निर्वाचित गरेको छ ।

clock आइतबार २४, मङि्सर २०८० ०८:१०

प्रतिक्रिया