बैतडीकी चन्तरा महरा ६१ वर्षको उमेरमा एक कक्षामा पढ्दै

  बुधबार २०, मङि्सर २०८० १३:१४

बैतडी । बैतडीकी ६१ वर्षीया चन्तरा महरा एक कक्षामा पढ्दै छिन्। पाटन नगरपालिका–८ घर भएकी उनी जनता मावि आरुबाटामा पढ्दै छिन्।

गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका झै नियमित विद्यालयमा आएर पढ्न थालेकी हुन्। नाती नातिनालाई विद्यालय पुर्‍याउन जाने समयमा शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफूपनि भर्ना भएका उनी बताउँछिन्।

उमेर छँदै पढ्न नपाएको भने उनी दुखी छन्। उनका लागि विद्यालयबाट पुस्तक, कापी, कलमलगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ। पढाइलाई अझै अगाढी बढाउने धोको उनमा छ।

गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लेख्न र सरल शब्दहरु पढ्न थालिसकेको विद्यालयकी शिक्षिका भागरथी बिष्टले बताइन्।

चन्तरा चाहाना अनुसार पढाईमासहयोग गर्दै जाने विद्यालयका प्रधानाध्यापक राम कुवँरले जानकारी दिए।

clock बुधबार २०, मङि्सर २०८० १३:१४

प्रतिक्रिया