कञ्चनपुरमा शिकारीको पासोमा परेको चितुवाको जिवितै उद्दार

  सोमबार १८, मङि्सर २०८० १६:१३

धनगढी । कञ्चनपुरमा सिकारीले पासोमा पारेको चितुवाको जिवितै उद्धार गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट चितुवाको उद्दार गरिएको हो।

डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीका अनुसार आइतबार राति चितुवा पासोमा परेको थियो। स्थानीयले चितुवा पासोमा परेको देखेपछि वनलाई खबर गरेका थिए। 

रातिको समयमा बेहोस पारेर उद्दारमा कठिनाइ हुने भएकाले सोमबार बिहान चितुवालाई पासो मुक्त गरिएको रेञ्जर थापाले बताए। 

डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले वयस्क पोथी चितुवाको उद्दार गरेको हो।

clock सोमबार १८, मङि्सर २०८० १६:१३

प्रतिक्रिया