धनगढीको संगम सहकारीको नाफा १ करोड २० लाख
धनगढी । धनगढीको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमकाबिच धनगढीको ओम प्यालेसमा आयोजना गरिएको वार्षिक साधारण सभा सम्पन्न भएको हो। यस पटकको साधारण सभामा शेयर सदस्य भन्दा अन्य अतिथिलाई आमन्त्रण नगरिएका कारण भाषण भन्दा छलफल बढी भएको सहभागीहरूले बताएका छन् ।
संगम सहकारीले प्रत्येक वर्ष सदस्य सङ्ख्या वृद्धि गर्दै लगेका छ । संगम बचत तथा ऋण सहकारी संस्था धनगढीका अध्यक्ष मनमोहन विष्टले संस्थाले सदस्यको सङ्ख्या वृद्धि सँगै वित्तीय स्रोतमा पनि सकारात्मक परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै ४ सय ५३ जना नयाँ सदस्य थप भई सदस्य सङ्ख्या २ हजार १ सय ६८ जना पुगेको छ ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले आर्थिक वर्ष २०७८/७९ सम्म शेयर पुजी २ करोड ६९ लाख ८२ हजार रहेकामा आर्थिक वर्ष २०७९र८० मा ३ करोड ११ लाख २५ हजार पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा मात्र शेयर पुजी ४१ लख ७३ हजार २ सयका दरले वृद्धि भएको बताए। बचत बर्फ पनि आर्थिक वर्ष २०७८/७९मा २७ करोड ६ लाख ६१ हजार ३ सय ४८ रुपैयाँ ७३ पैसा रहेकोमा आर्थिक वर्ष २०७९/८० मा २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ ३५ पैसा पुगेको छ ।
एक वर्षको अवधिमा २ करोड ३३ लाख ९५ हजारले वृद्धि भएको अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।सदस्यहरूको सुविधाका लागी सेवा केन्द्रहरूलाई थप व्यवस्थित गरिने,बचत नीतिलाई थप प्रभावकारी बनाइ नयाँ बचत योजनाहरू कार्यान्वयनमा ल्याइने लगायतका योजना अघि सारेको अध्यक्ष विष्टले जानकारी दिए । सहकारीको साधारण जगेडा कोषमा १ करोड ९२ लाख ६७ हजार ५ सय ७० रुपैयाँ जम्मा भएको छ ।
यस्तै अन्य कोषमा १ करोड २६ लाख २९ रुपैयाँ,कर्जा जोखिम व्यवस्था १ करोड २५ लाख ८५ हजार ५ सय ३२ रुपैयाँ,निक्षेप हिसाब संस्थामा बचत रहेको रकम २९ करोड ४० लाख ५६ हजार ४ सय ९ रुपैयाँ,कर्जा तथा सापटी ८ करोड ३८ लाख २२ हजार ८ सय १० रुपैयाँ,अन्य दायित्व तथा व्यवस्था २ करोड ८ लाख ८३ हजार १ सय ४८ रुपैयाँ गरी जम्मा दायित्व ४७ करोड ४३ लाख ४० हजार ७ सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष हेमराज पाण्डेयले जानकारी दिए । संगम सहकारीको कुल सम्पत्ति ४७ करोड ४३ लाख ४० हजार ७ सय पुगेको छ ।
आर्थिक वर्ष २०८०⁄८१ मा शेयरपुजि ३ करोड ५० लाख पुग्ने अनुमान गरीएको छ । यस्तै साधारण जगेडा कोष,अन्य कोषहरू,कर्जा जोखिम कोष,निक्षेप,वाह्यकर्जा र अन्य दायित्व तथा व्यवस्थाहरू गरी सम्पत्ति तथा जायजेथा ४७ करोड ४३ लाख ३४ हजारबाट ५९ करोड १५ लाख पुग्ने आकलन गरीएको छ ।
साधारण सभामा सहकारीको ५ बर्से वित्तीय आँकडा पनि सार्वजनिक गरीएको छ । जस अन्तर्गत आर्थिक वर्ष २०८०⁄८१ शेयर सदस्य सङ्ख्या २ हजार १ सय ६८ पुग्दा संगम सहकारीलाई १ करोड २० लाख खुद नाफा भएको छ । ३५ करोड ३० लाख ३४ हजार कर्जा लगानी गरिएको छ भने २९ करोड ४० लाख ५६ हजार रकम बचत छ । शेयर रक भने ३ करोड ११ लाख २५ हजार २ सय छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
                        
                        
प्रतिक्रिया