धनगढीमा ८८० ग्राम चरेससहित बझाङका बोहरा पक्राउ

  सोमबार ०४, मङि्सर २०८० १५:५७

धनगढी । कैलालीस्थित धनगढीबाट ८८० ग्राम चरेससहित एक वृद्ध पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनहेराबाट ६१ वर्षीय मोतीलाल बोहरा पक्राउ परेका हुन्। 

नेपाल प्रहरीका अनुसार बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ का बोहरा आइतवार राति पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोस्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त चरेससहित पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

clock सोमबार ०४, मङि्सर २०८० १५:५७

प्रतिक्रिया